बिहीबार, जेठ २, २०८२

काठमाडौंमा त्रिवि अन्तर्गतका सात क्याम्पसमा भएन स्ववियु चुनाव

आज देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- आज देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ। विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण केही क्याम्पसमा भने निर्वाचन हुनसकेको छैन।

निर्वाचन भइरहेका क्याम्पसहरूमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ। काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ७ वटामा भने आइतबार निर्वाचन नहुने भएको छ। 
अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटन बाहेक अन्य क्याम्पसमा मतदान भइरहेको छ। निर्वाचन समितिका अनुसार ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचनको तयारी भइरहेको छ। 

१३ क्याम्पसमा विवादका कारण स्थगित गरिएको छ। काठमाडौं उपत्यकाका २२ आंगिक क्याम्पसमा साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी निर्वाचनमा सहभागी हुने गरी मतदाता नामावली सार्वजनिक भएको छ। 

त्रिविका ५ सय २३ सामुदायिक क्याम्पसमध्ये अधिकांश स्ववियु चयन गर्ने प्रक्रियामा रहेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए। आंगिकमा भन्दा सामुदायिकमा धेरै विद्यार्थी पढ्छन्। साढे ५ सय निजी कलेज छन्। अधिकारीले दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध भइसकेको बताए।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत राजनीतिक पार्टी निकटका विद्यार्थी संगठनले प्यानल बनाएर उम्मेदवारी दिएका छन्। त्योबाहेक विद्यार्थीले गैरदलीय रूपमा पनि उम्मेदवारी दिएका छन्। 

Metro Mart
worldlink

प्रकाशित: Mar 19, 2023| 10:05 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...