पोखरा- बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।
विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि आज हुने भनिएको निर्वाचन स्थगित भएको हो।
निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन अधिकृतको जिम्मेवारीबाट फागुन ३० गते नै राजीनामा दिएका थिए।
निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको र नयाँ निर्वाचनका लागि विद्यार्थी संगठन बीच छलफल भइरहेको क्याम्पस जनाएको छ।