काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ। आइतबार बिहान १०:३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहने उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको बैठक बस्न लागेको हो।
कांग्रेस नेताहरूका अनुसार बैठकले प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्नेछ। साथै सरकारमा सहभागिताबारे पनि छलफल हुनेछ।