अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। द्रिप चाम्लिङको शब्द रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ।
रचनाकार चाम्लिङले नेपाली परिवेश र भूगोलको भावलाई उतारेको गीतमा सन्तोषको सङ्गीत र अस्मिताको स्वरले प्राण भरेको छ। भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन्। हिट गीतहरु निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन्। मिरुना मगर र कुन्साङ बोमजन गीतको भिडियोमा फिचर रहेका छन्।
भिडियोमा कुन्साङको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ। भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।