आइतबार, जेठ १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संविधानको अभ्यासलाई प्रभावित हुन नदिने राष्ट्रपति रामचन्द्रको प्रतिबद्धता

संविधानको अभ्यासलाई प्रभावित हुन नदिने राष्ट्रपति रामचन्द्रको प्रतिबद्धता

निर्वाचित जनप्रतिनिधिले संविधानको मर्मलाई अंगीकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति नागरिकको आस्था र विश्वास गुम्दै जाने अवस्था आउन नदिन राष्ट्रपति पौडेलले गराए सचेत।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधान  र शासन व्यवस्थाको अभ्यास प्रभावित हुने नदिने गरी निष्पक्ष, तटस्थ र विधि पालनामा प्रतिबद्ध रहने बताएका छन्। शनिबार संघीय संसद् र सात वटै प्रदेशसभा सदस्यको सम्मानमा शीतलनिवासमा आयोजना गरिएको चियापान कार्यक्रमलाई सम्बोधन राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। 

राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधान प्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा समर्थन रहने उनको धारणा छ।

संविधान निर्माण गर्ने प्रक्रियामा समेत सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेको कारणले पनि राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति सचेत रहने विश्वास उनले दिलाए।

निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म र भावनालाई अंगीकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने अवस्था आउन नदिन उनले सबैलाई सचेत गराए।

राष्ट्रपति पौडेलले भने, ‘लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरू बलिया र  कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुँदा यसतर्फ सजग रहन जरुरी छ।’

प्रकाशित: Mar 18, 2023| 11:37 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...