शुक्रबार, जेठ ३, २०८२

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

रामसहाय प्रतिस्पर्धीद्वय एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं– जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी नेपालको तेस्रो उपराष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन्।

शुक्रबार संघीय संसद् भवन परिसरमा भएको निर्वाचनमा यादवले प्रतिद्वन्द्वीद्वय एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

बारा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपा संसदीय दलका नेता हुन्।

नवनिर्वाचित उपराष्ट्रपति यादवले संघीय सांसदतर्फ १८४ को मतभार १४५३६ र प्रदेशसभाको मत ३२९ को मतभार १५७९२ पाएको निर्वाचन आयोगले बताएको छ। आयोगले रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएको भनेर औपचारिक घोषणा केही बेरमा गर्दै छ।

प्रकाशित: Mar 17, 2023| 16:48 शुक्रबार, चैत ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...