काठमाडौं– सत्ता गठबन्धनभित्र राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीमा सहमतिअनुसार भागबन्डा भएपछि आफूहरुले चाहेअनुरुपका मन्त्रालयमा दाबी गरिएको नेकपा एसका नेता एवं सांसद राजेन्द्र पाण्डेले बताएका छन्। \
शुक्रबार नयाँ बानेश्वरस्थित संसद् परिसरमा उपराष्ट्रपति निर्वाचनमा मत दिएपछि नेता पाण्डेले गठबन्धनको सहमतिअनुसार नेकपा एसले रोजेको मन्त्रालय लिएर सरकारमा जाने बताएका हुन्।
उनले नेकपा एसले तीन वटा ठूला मन्त्रालयमा मागदाबी गरेको उनको भनाइ छ। पाण्डेले भने, ‘अब सरकारमा मन्त्रालय रोज्ने पालो हाम्रो हो। एक नम्बर ठानिएका मन्त्रालय लिन्छौं। त्यसमा अर्थ, गृह, पूर्वाधारलगायत महत्त्वपूर्ण मन्त्रालय
पर्छन्।’
नेकपा एस कुन नेताको नेतृत्वमा सरकारमा जाने र कसलाई मन्त्री बनाउने भन्नेबारे पार्टीभित्र हालसम्म छलफल नभएको उनले बताए।