काठमाडौं- उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मतदान गरेका छन्।
आज बिहान १० बजेदेखि उपराष्ट्रपति पदका लागि निर्वाचन भइरहेकोमा केहिबेर अघि प्रधानमन्त्रीले उपराष्ट्रपतिका लागि मतदान गरेका हुन्।
१० बजदेखि शुरू भएको निर्वाचनअन्तर्गत बिहान साढे ११ बजेसम्म ४०९ मत खसेको छ।
उपराष्ट्रपति निर्वाचनमा जसपाका रामसहाय यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्य प्रतिस्पर्धामा छन्।