काठमाडौं- शुक्रबार बिहान १० बजेदेखि सुरु भई ३ बजेसम्म जारी रहने उपराष्ट्रपति निर्वाचनका लागि यतिबेला मतदान भइरहेको छ।
नयाँ बानेश्वरको संसद् भवनस्थित ल्होत्से हलमा सुरु भएको मतदानमा हालसम्म उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले आफैंलाई मत हालेका छन्।
उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने नभए पनि उनीहरु पनि मतदान स्थलमा देखिएका छन्। उपराष्ट्रपति निर्वाचनमा विभिन्न पार्टीका सांसदहरुले मतदान गर्ने क्रम जारी छ।