शुक्रबार, जेठ ३, २०८२

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं- नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।

उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेदवार छन्। 

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले भने मतदानमा भाग नलिने जनाएका छन्। राप्रपाले गएको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन्। उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ। राप्रपा गएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो।

Metro Mart
worldlink

प्रकाशित: Mar 17, 2023| 07:07 शुक्रबार, चैत ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...