काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच सदस्य नियुक्त भएका छन्। पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेकोमा पछि चारजना थपिएका हुन्।
पौडेल राष्ट्रपति हुनुभन्दा धेरै अघिदेखि स्वकीय सचिवको भूमिकामा रहेका चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त भएका छन्। त्यसैगरी नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की मिडिया हेर्ने गरी सचिवालयमा नियुक्त भएका छन्। उनी पनि पहिलेदेखि नै रामचन्द्रसँगै थिए।
नेविसंघका नेता सुशील तिमल्सिनाले पनि सचिवालयमा नियुक्ति पाएका छन्। उनी पौडेलको गृहजिल्ला तनहुँकै हुन्।
राष्ट्रपतिको निजी फोटोग्राफरमा अनिश रेग्मी नियुक्त भएका छन्। अन्य विज्ञ सल्लाहकार र सहयोगी पनि चाँडै नियुक्त हुने बताइएको छ।