शुक्रबार, जेठ ३, २०८२

अर्को चुनाव पनि शेरबहादुर देउवाले नै गराउने हो : नेता निधि

पहिलो चरणमा प्रचण्ड, दोस्रो चरणमा माधवकुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भइसकेको नेता निधिको दाबी।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं– कांग्रेस नेता एवं सांसद विमलेन्द्र निधिले १० दलीय गठबन्धनअन्तर्गत प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पुष्पकमल दाहाल प्रचण्डले दुई वर्षपछि राजीनामा दिनासाथ एक वर्षका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व लिने बताएका छन्।

नेता नेपाल एक वर्ष प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर राजीनामा दिएपछि दुई वर्षका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने नेता निधिको भनाइ छ।

बिहीबार कांग्रेस ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताएका हुन्।

उनले पहिलो चरणमा प्रचण्ड, दोस्रो चरणमा माधवकुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति गठबन्धन दलबीच भएको दाबी गरेका छन्।

गठबन्धनको सरकार पाँचै वर्षसम्म टिक्ने उनको भनाइ छ। नेता निधिले उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनासाथ कांग्रेस सरकारमा गइहाल्ने बताए। प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने र गठबन्धनलाई थप बलियो बनाइने उनको धारणा छ।

Metro Mart
worldlink

पूर्वउपसभापतिसमेत रहेका निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादीलाई मुक्त गराइएकाले नेपालको राजनीति कोर्ष करेक्सनमा गएको औंल्याए।

प्रकाशित: Mar 16, 2023| 14:46 बिहीबार, चैत २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...