शुक्रबार, जेठ ३, २०८२

उपराष्ट्रपति निर्वाचनमा सहमति खोज्न १० दलका नेता जुट्दै

उपराष्ट्रपतिका विषयमा सहमति खोज्न सत्ता गठबन्धनमा आबद्ध १० दलका नेताको बैठक आज पनि बस्ने भएको छ।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं- उपराष्ट्रपतिका विषयमा सहमति खोज्न सत्ता गठबन्धनमा आबद्ध १० दलका नेताको बैठक आज पनि बस्ने भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि बैठक आज पनि बस्ने भएको हो।

आज पनि बालुवाटारमै बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ। बुधबारको बैठकमा पनि यही विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का नेता शक्ति बस्नेतले बताए।

बुधबारको बैठकपछि उनले सञ्चारकर्मीसँग भनेका थिए, 'उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि (आज) यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यकताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ।'

उपराष्ट्रपतिका लागि गठबन्धनभित्रैबाट तीनसहित चार उमेदवार प्रतिस्पर्धामा छन्। भोलि हुने उपराष्ट्रपति निर्वाचनका लागि तीनमध्ये गठबन्धनका साझा उमेदवार को भन्ने विषयमा सहमति जुटाउन नेताहरू लागिपरेका हुन्।
 

प्रकाशित: Mar 16, 2023| 07:03 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...