मंगलबार, वैशाख १६, २०८२

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

खोटाङ- खोटाङ फुटबल एकेडेमी ९केएफए०ले दिक्तेलमा आयोजना गरेको चाँैथो संस्करको ‘दिक्तेल मेयर कप अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ।

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा मङ्गलबार सम्पन्न  फाइनल खेलमा माटिकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ ले हराउँदै नेर्पाले चौँथो संस्करणको उपाधि उचालेको हो। प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको माटिकारे सामाजिक सेवा समाजले नगद रु ६२ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्ताको उपाधि नेर्पाका विकी राई, उत्कृष्ठ खेलाडीको उपाधि माटकोरेका दीपक खत्री, उत्कृष्ठ गोलरक्षकको उपाधि माटिकोरेकै नवीन पोखरेल र उदयमान खेलाडीको उपाधि केएफएका रोहन परियारले प्राप्त गरेका छन्।

उनीहरुलाई जनही नगद पाँच/पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका अध्यक्ष नुरकाजी सैंजुले जानकारी दिए। विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले नगद तथा पुरस्कार हस्तान्तरण गरे

यही फागुन–२७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्ला आठवटा क्लबले सहभागिता जनाएको आयोजक केएफएका प्रशिक्षण विभाग प्रमुख एवम् कोषाध्यक्ष रोपेश श्रेष्ठले जानकारी दिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगितामा साकेला फुटबल क्लब रतन्छालाई ४–३ गोल अन्तरले हराउँदै नेर्पा तथा आयोजक केएफएलाई १–० ले हराउँदै माटिकोरे सामाजिक सेवा समाज फाइनल प्रवेश गरेको थियो। ‘खोटाङको पहिचान खेलकुदको अभियान’ भन्ने नाराका साथमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख तीर्थराज भट्टराईले गरेका थिए

Metro Mart
worldlink

दिक्तेललाई कार्यक्षेत्र बनाएर २०७३ सालमा स्थापना गरिएको केएफएले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यसअघि आयोजित दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उचालेको थियो। 

यसैबीच, प्रतियोगिता समापनको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र जिल्ला फुटबल सङ्घ खोटाङबीच आयोजित मैत्रीपूर्ण खेलमा जिल्ला फुटबल सङ्घ विजयी भएको छ। रोमञ्चकारी प्रतिस्पर्धा भएको मैत्रीपूर्ण खेलमा १–० ले जिल्ला फुटबल सङ्घ विजयी भएको हो।
 

प्रकाशित: Mar 15, 2023| 13:48 बुधबार, चैत १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।