मंगलबार, वैशाख १६, २०८२

फिफा विश्वकप २०२६ को खेल ढाँचा फेरियो

रुवान्डास्थित किगालीमा बसेको महाधिवेशनअघिको फिफा बैठकले खेलको ढाँचा परिवर्तन गर्दै  ६४ बाट बढाएर १०४ खेल पुर्‍याउने निर्णय गरेको हो।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत तीन देशमा १०४ खेल खेलाइने भएको छ। मंगलबार रुवान्डास्थित किगालीमा बसेको महाधिवेशनअघिको फिफा बैठकले खेलको ढाँचा परिवर्तन गर्दै  ६४ बाट बढाएर १०४ खेल पुर्‍याउने निर्णय गरेको हो।

फिफा विश्वकपमा यसअघि ३२ टोली समावेश हुने गरेका थिए। उत्तर अमेरिकामा हुने आगामी खेल प्रतियोगिता ४८ टोलीमा विस्तार हुनेछ। अब ४८ वटा राष्ट्र प्रतियोगितामा सहभागी हुन सक्नेछन्। 

फिफाले ४८ टिमलाई १२ समूहमा विभाजन गरी खेल खेलाउने तयारी गरेको छ, जसको प्रत्येक समूहमा ४–४ टिम रहनेछन्। 

प्रतियोगिताका लागि अमेरिका, क्यानडा र मेक्सिकोका १६ सहरमा खेल हुनेछन्। फिफाका अनुसार अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहरमा आगामी शृंखलाका खेल हुनेछन्। प्रत्येक समूहबाट शीर्ष २ सहित तेस्रो हुने उत्कृष्ट ८ टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।

प्रकाशित: Mar 15, 2023| 12:45 बुधबार, चैत १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।