काठमाडौं– सरकारले मुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रशासनिक समन्वय परिषद् गठन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयबाट गठन गरिएको परिषद्मा अर्थ, सामान्य प्रशासन सचिव, सातै प्रदेशका प्रमुख सचिव, राष्ट्रिय योजना आयोगका सचिवसहित ९ सदस्यीय संख्या रहेको छ।
संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले तीन वटै तहमा प्रशासनिक कार्यलाई सहज बनाउन परिषद् गठन आवश्यक भएको सुझाएपछि प्रधानमन्त्रीले यसको पहल लिएका हुन्।