शनिबार, जेठ २५, २०८२

गएरातिदेखि उपराष्ट्रपति चुनावका लागि मौन अवधि सुरु

उपराष्ट्रपतिको चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं- उपराष्ट्रपतिको चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ।

मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ। 

उपराष्ट्रपति पदका लागि पर्सि ३ गते मतदान हुँदैछ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै निषेधको अवधि लागू भएको आयोगले जनाएको हो।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ। 

आचारसंहिताबमोजिम चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उपराष्ट्रपति पदको चुनावका लागि अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्। प्रमिलाकुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेकी छन्।

प्रकाशित: Mar 15, 2023| 07:04 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...