शनिबार, असार ७, २०८२

ओलीको आरोप- सत्ता गठबन्धनले वडाध्यक्ष जित्न पनि मान्छे मार्छ

 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी गठबन्धनले एउटा वडाध्यक्ष जित्नका लागि पनि मान्छे मार्ने गरेको आरोप लगाएका छन्।

मंगलबार राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले मानव अधिकारविरोधीको हातमा शासन भएको बेला के हुन्छ भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘गत निर्वाचनमा बुथ कब्जा गर्नु हुँदैन भन्दा घरमा गएर, घरबाट बाहिर निकालेर, घोचेर निर्ममतापूर्वक होनहार युवा, विद्यार्थी नेतालाई उनीहरुले मारे। किनभने उनीहरुलाई वडा जित्नु थियो। देश बनाउने युवाको जिन्दगी खोसिएको छ। त्यस्ताका हातमा शासन भएको बेला के हुन्छ? भन्दा कडा सुनिन्छ भएको त्यहि हो।’ 

मंसिर ४ गते बाजुराको त्रिवेणी नगरपालिकाको एउटा बुथ कब्जा गर्न अवरोध गरेको रिस साँधेर बसेका तत्कालीन सत्ता गठबन्धनका कार्यकर्ताले त्यो घटनामा सहभागी एमाले कार्यकर्तालाई घरघरमा पुगेर आक्रमण गरेको ओलीको भनाइ छ। उक्त दिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य, चेतन ऐडी कुटपिटमा परे। कुटपिटबाट गम्भीर घाइते भएका उनको अछामस्थित बयलपाटा अस्पताल पुर्‍याएपछि उपचारका क्रममा मृत्यु भएको थियो।

ओलीले असारमा १५ वर्षीय बालकलाई मारिएको बताए। ओलीले उनीहरु मानवअधिकार विरोधी नभए को हुन्छ भन्दै प्रश्न गरे। ओलीले मानव अधिकारको पक्षमा एमाले सधैं उभिने बताए। उनले चाहेर पनि नचाहेर पनि अरुकोभन्दा एमालेसँग मानव अधिकारको विषयमा अधिकारकर्मीको विचार मिल्ने धारणा राखे। ओलीले मानव अधिकार आयोगलाई घेराबन्दी गरेर धम्की दिइने गरेकोप्रति पनि आपत्ति जनाए। 

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौडेललाई संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद् सम्मेलनमा सहभागी हुनबाट रोकेको प्रति आपत्ति जनाए।

संयुक्त राष्ट्रसंघअन्तर्गत रहेको मानवअधिकार परिषद्को ५२ औं सम्मेलनमा सहभागी हुन मन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान लागेकी थिइन्। प्रधानमन्त्री प्रचण्डले प्रस्थान नगर्न भनेपछि मन्त्री पौडेलले भ्रमण स्थगित भएको थियो। ओलीले मानव अधिकारको विषयमा बोल्लिन् भन्ने डरले मन्त्रीलाई जान रोकेको आरोप लगाए।
 

प्रकाशित: Mar 14, 2023| 14:20 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...