शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अगुवा र बुद्धिजीवीसँग गर्ने भनिएको माओवादी घटकको अन्तरक्रिया स्थगित

अगुवा र बुद्धिजीवीसँग गर्ने भनिएको माओवादी घटकको अन्तरक्रिया स्थगित

माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम स्थगित भएको छ। 
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम स्थगित भएको छ। 

छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादीका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए।  

सर्वोच्च अदालतले युद्धकालिन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन। सोही बारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरुको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए। 

गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले आज गर्ने भनिएको नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल र अन्तरक्रिया गर्ने अन्तिममा स्थगित गरेका हुन।

सोही बिषयमा माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन्।

प्रकाशित: Mar 14, 2023| 11:36 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...