शनिबार, असार ७, २०८२

संघीयताविरुद्ध जनमोर्चाको आन्दोलन घोषणा

सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन घोषणा गरेको छ।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

रुपन्देही- सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन घोषणा गरेको छ। बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो।

पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ। उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ। चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ।’

बैठकले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। सो उपनिर्वाचनमा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ।

उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय समेत बैठकले गरेको छ। साथै उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत गठन गरिएको छ।

परिषद् बैठकले वैशाख र ज्येष्ठ महिनामा देशव्यापी रूपमा पार्टीको जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय समेत गरेको छ। चितवन–२ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध घोषित भएसँगै उनको पद गएको थियो। यससँगै निर्वाचन आयोगले उपनिर्वाचन गर्ने गरी वैशाख १० गतेका लागि निर्वाचनको मिति तोकेको छ।

प्रकाशित: Mar 14, 2023| 10:10 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...