काठमाडौं– शीतलनिवासले वेबसाइटमार्फत राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ आधिकारिक तस्बिर सार्वजनिक गरेको छ।
सोमबार राष्ट्रपति पौडेलले गोपनीयताको सपथ लिएर पदभार सम्हालेपछि वेबसाइटमार्फत आधिकारिक तस्बिर सार्वजनिक भएको हो।
राष्ट्रपतिको तस्बिर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने चलन छ। ५ वर्षे कार्यकालका लागि पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिएपछि पौडेलले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन्।