आइतबार, असार ८, २०८२

सांसदबाट राजीनामा दिए राष्ट्रपति पौडेलले

 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनले आज पद तथा गोपनियताको शपथ लिएका छन्। 

राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनीतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराएका छन्।

साथै उनले सभामुख, संघीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरुबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गरेका छन्।

गत मंसिर ४ गते भएको निर्वाचनमा उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। सो क्षेत्रमा अब उपनिर्वाचन हुनेछ।
 

प्रकाशित: Mar 13, 2023| 15:29 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...