आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीलाई दिए आँखीझ्याल उपहार

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीलाई दिए आँखीझ्याल उपहार

प्रधानमन्त्री प्रचण्डले भण्डारीलाई बिदाइ गर्दा मयूरको बुट्टा अंकित विशेष प्रकारको आँखीझ्याल उपहार दिएका हुन्। 
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौंं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइका क्रममा सरकारका तर्फबाट आँखीझ्याल उपहार दिएका छन्।

सोमबार शीतलनिवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ लिएसँगै दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीलाई बिदाइ गर्दा प्रधानमन्त्रीले आँखीझ्याल उपहार दिएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले भण्डारीलाई मयूरको बुट्टा अंकित विशेष प्रकारको आँखीझ्याल उपहार दिएका छन्। भण्डारी ११ कात्तिक २०७२ मा पहिलो पल्ट र २९ फागुन २०७४ मा दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

शीतलनिवासबाट बिदाबारी भएसँगै निवर्तमान राष्ट्रपति भण्डारी बालुवाटारस्थित छोरी उषाकिरणको घरमा बसेकी छन्। भण्डारीलाई आफ्नो घरमा आमालाई भित्र्याउँदा छोरी उषाकिरणले ब्राह्मण वटुकद्वारा मन्त्रोच्चारण र सगुन खुवाएकी थिइन्।

प्रकाशित: Mar 13, 2023| 14:58 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...