आइतबार, असार ८, २०८२

सरकारमा जाने विषय छलफलमै छैन : रवि लामिछाने

सत्ता समीकरण परिवर्तनपछि सरकारमा जानुपर्नाको कारण स्पष्ट पारेर मात्रै सहभागी हुने लामिछानेको तर्क।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने विषय हालका लागि छलफलमै नराखिएको बताएका छन्।

नागरिकताका विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि तत्कालीन सात दलीय गठबन्धनबाट उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारीमा रहेका, सांसद र पार्टी पदसमेत गुमाएका लामिछानेले चितवनमा पत्रकारसँग यस्तो जानकारी दिएका हुन्। 

लामिछानेले सर्वोच्चको आदेशअनुसार नागरिकता पुनः प्राप्ति गरिसकेका छन् भने हाल रास्वपाको सभापतिसमेत रहेका छन्।

उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको बताए। लामिछानेले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्यांकन गरिरहेका छौं।’

सत्ता समीकरण परिवर्तनपछि सरकारमा जानुपर्नाको कारण स्पष्ट पारेर मात्रै सहभागी हुने उनको भनाइ छ। उनले भने, ‘अहिले सरकारमा जाने/नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएकै छैन।’  

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए। सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको लामिछानेको भनाइ छ।
आगामी १० वैशाखमा हुने उपनिर्वाचनको तयारीस्वरुप चितवन २ का विभिन्न क्षेत्रमा क्रियाशील रहेको उनले बताए।

प्रकाशित: Mar 13, 2023| 11:22 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...