आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गर्न शीतलनिवासमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताहरूको जमघट

राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गर्न शीतलनिवासमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताहरूको जमघट

राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइस्वरुप सामूहिक भेट र चियापान गरेकी हुन्।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं– साढे सात वर्षे कार्यकाल सकाएर आज निवर्तमान हुँदै गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छन्।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डसहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेको भण्डारीका प्रेसविज्ञ टीकाप्रसाद ढकालले बताए।

भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन्।

शीर्ष नेताहरूले उनको कार्यकाल सफलतापूर्वक पूरा भएको भन्दै बधाइ दिएका थिए।

भण्डारीले आजै शीतलनिवास छाड्नेछन् भने नवनिर्वाचित राष्ट्रपति पौडेललाई दिउँसो १ बजे शीतलनिवासमा सपथ खुवाउने कार्यक्रम छ।
 

प्रकाशित: Mar 13, 2023| 10:54 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...