आइतबार, असार ८, २०८२

स्ववियुका उमेदवारको अन्तिम नामावली प्रकाशन आज 

त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उमेदवारको नामा फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो १ बजेसम्म उमेदवारले नामा फिर्ता लिनसक्ने छन्।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उमेदवारको नामा फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो १ बजेसम्म उमेदवारले नामा फिर्ता लिनसक्ने छन्। दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ।  

यसअघि हिजो उमेदवारको नामावली उपर दाबी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो। शनिबार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उमेदवारी दर्ता भएको थियो। 

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन्। निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ। प्रत्यक्ष तथा समानुपातिकतर्फका उमेदवार वि.सं. २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उमेदवार बन्न पाउने छन्। 

स्ववियु निर्वाचन अन्तर्गत मतदान चैत ५ गते हुँदै छ। बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ। निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुनेछ।

प्रकाशित: Mar 13, 2023| 07:08 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...