आइतबार, असार ८, २०८२

उपराष्ट्रपतिका लागि चारजना उम्मेदवार

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजना उम्मेदवार भएका छन्। उम्मेदवारी फिर्ता लिने समयभित्र कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो। 

उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादव र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ। यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाको उम्मेदवारी छ। राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिंग वा समुदायको व्यक्ति हुनुपर्ने निर्वाचन आयोगले सूचना जारी गरेर जनाएको छ। 

उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ। उपराष्ट्रपति निर्वाचनमा मतदाताको संख्या संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी ८८२  कायम छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

प्रकाशित: Mar 12, 2023| 16:53 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...