आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायम भएपछि सत्तारूढ गठबन्धनको बैठक बोलाइयो

उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायम भएपछि सत्तारूढ गठबन्धनको बैठक बोलाइयो

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

सत्तारूढ गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ। सत्तारूढ दश दलीय गठबन्धनको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको हो।

बैठकमा उपराष्ट्रपतिको उम्मेदवार र समयसामयिक विषयमा छलफल गरिनेछ। निर्वाचन आयोगले आज‍ अपराह्न ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ। गठबन्धनभित्र छलफल गरी दुई जनाले उम्मेदवारी फिर्ता लिने तयारी छ। यसकै  लागि छलफल गर्न बैठक आह्वान गरिएको हो।

आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनमा आवद्ध सबै दलका शीर्ष नेताहरू सहभागी हुनेछन्। शनिबार सत्ता गठबन्धनमा आवद्ध तीन दलका उम्मेदवारले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्। चैत ३ गते हुने निर्वाचनका लागि सत्ताधारी दल जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ। १० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेत्री ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्।

प्रकाशित: Mar 12, 2023| 12:52 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...