आइतबार, असार ८, २०८२

उपराष्ट्रपतिमा जसपाबाट दुई उम्मेदवार

जनता समाजवादी पार्टी (जसपा)बाट दुई जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्।
 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)बाट दुई जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादव र प्रमिला यादवले उपराष्यट्रपतिका लागि उम्मेदवारी दिएका हुन्।

उनीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपतिको मनोनयन दर्ता गराएका छन्। नेता रामसहायको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी तथा समर्थकमा रेखा यादव,अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा भानुभक्त जोशी रहेका छन्।

त्यसैगरि, जसपाकै प्रमिला यादवको प्रस्तावकमा मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव रहेका छन् भने समर्थकमा  अनिता देवकोटा, सीता गुरुङ, विरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ रहेका छन्।

आयोगको कार्यतालिका अनुसार आज नै उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ।

२८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ। सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । २८ गते नै उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ। चैत ३ गते मतदान हुनेछ।

प्रकाशित: Mar 11, 2023| 15:07 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...