काठमाडौं- नेकपा एमाले नेतृ अष्टलक्ष्मी शक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत पनि बानेश्वर पुगेका थिए। एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो।
एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो। यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो।