आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति

पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति

 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

काठमाडौं- नेकपा एमालेले संविधानको मर्म विपरित कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धनमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्यसखालको ख्याख्या संविधानको मर्मविपरित हुने एमालेको ठहर छ। यसका साथै एमालेले बैठकमा राष्ट्रपति निर्वाचनको परिणामका विषयमा पनि छलफल गरेको छ।

यस्तै एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

333066008_133820246287693_11678516287.jpg

प्रकाशित: Mar 11, 2023| 12:15 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...