आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जसपासँगको बचन तोड्यो गठबन्धनले, जनमतकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय

जसपासँगको बचन तोड्यो गठबन्धनले, जनमतकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय

सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ।
 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले जनमतलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको हो।

बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिए। यसअघि फागुन २६ गते बसेको जनमत पार्टीको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उनी गत स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन्।

गठबन्धनको बैठकले गरेको निर्णयमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले भने असहमति जनाएका छन्। 

त्यस्तै, नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ।

प्रकाशित: Mar 11, 2023| 11:19 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...