काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको हो।
बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवार चयन गर्नेछ। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने समत तालिका रहेको छ।
उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरु हुन केही समय मात्र बाँकी रहे पनि सत्ता गठबन्धनले पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन। उपराष्ट्रपतिका लागि शनिबार मनोनयन र चैत ३ मा निर्वाचन गर्ने कार्यतालिका छ।