आइतबार, असार ८, २०८२

उपराष्ट्रपतिको उम्मेदवार तय गर्न एमालेले बोलायो सचिवालय बैठक

बैठक शनिबार बिहान ९ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

काठमाडौं- उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ। साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुने बताइएको छ। उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।

राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो। नेम्वाङलाई हराउँदै आठ दलीय सत्ता गठबन्धनबाट रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुनेछ।  

प्रकाशित: Mar 11, 2023| 05:16 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...