सोमबार, असार ९, २०८२

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रपति निर्वाचनको प्रतिवेदन

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका उमेदवार पौडेल निर्वाचित भएको प्रतिवेदन शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति भण्डारीसमक्ष पेश हुन्।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका उमेदवार पौडेल निर्वाचित भएको प्रतिवेदन शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति भण्डारीसमक्ष पेश हुन्।

 प्रमुख आयुक्त थपलियाले संविधानको धारा ६२ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएको प्रतिवेदन पेश गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिए।

बिहीबार भएको निर्वाचनबाट कांग्रेस नेता पौडेल चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन भएका थिए। नौदलीय गठबन्धनको साथ पाएका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २ सय ८४ मतभारले पछि पार्दै राष्ट्रपति बन्न सफल भएका हुन्।

बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी हुँदै पौडेल नयाँ राष्ट्रपति चुनिएका हुन्। राष्ट्रपति भण्डारीको कार्यकाल आइतबार (फागुन २८ गते) सकिँदै छ।

प्रकाशित: Mar 10, 2023| 19:40 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...