सोमबार, असार ९, २०८२

प्रधानमन्त्री हुन्छु भन्‍ने आभास भइरहेको छ- गगन थापा

 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन्।

शुक्रबारदेखि काठमाडौंमा सूरु भएको 'दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९' लाई सम्बोधन गर्दै उनले कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको होकि भन्ने आभास भइरहेको बताएका हुन्।

अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता भएका थिए। 

प्रधानमन्त्री नआउनु भएको हुनाले आज अन्तिम वक्ता भए, हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको होकि भन्ने लागेको महामन्त्री थापाको भनाइ थियो।

प्रकाशित: Mar 10, 2023| 19:29 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...