सोमबार, असार ९, २०८२

उपसभापति भन्छन्- उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने छैन 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने नरहेको बताएका छन्।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने नरहेको बताएका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्छ भनेको खबर आफूले पढेको भन्दै  उनले त्यो भनाइ संविधान अनुकुल नरहेको बताए।

शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा पत्रकारसित कुरा गर्दै खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरीत अभिव्यक्ति दिएको बताए।

नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति उपराष्ट्रपति दुवै हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताए।

उपसभापति खड्काले राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा कार्यदलको बैठक बसेको बताए।

प्रकाशित: Mar 10, 2023| 18:07 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...