सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डविरुद्धको मुद्दामा अन्तरिम आदेश अस्वीकार, कारण सोध्दै अग्राधिकारमा राखियो 

प्रचण्डविरुद्धको मुद्दामा अन्तरिम आदेश अस्वीकार, कारण सोध्दै अग्राधिकारमा राखियो 

जनयुद्धमा मरेका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्तिका आधारमा प्रचण्डलाई पक्राउ गर्न अन्तिम आदेश मागिए पनि न्यायाधीश खतिवडाको इजलासले गर्‍यो अस्वीकार।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं– सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

अदालतले मुद्दालाई अग्राधिकार दिँदै १५ दिनभित्र यसबारे लिखित जवाफ पेस गर्न प्रचण्डको नाममा आदेश जारी गरेको छ।

आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्यायलगायतले बहस गरेका थिए। 

जनयुद्धमा मरेका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्तिका आधारमा प्रचण्डलाई पक्राउ गर्न अन्तिम आदेश दिनुपर्ने निवेदकको मागलाई न्यायाधीश खतिवडाको इजलासले अस्वीकार गरेको हो।

सर्वोच्च प्रशासनले दरपीठ गरेको उक्त रिट दर्ता गर्न पनि न्यायाधीश खतिवडा सम्मिलित संयुक्त इजलासले आदेश दिएको थियो।

प्रकाशित: Mar 10, 2023| 16:54 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...