सोमबार, असार ९, २०८२

जनमतबाट उपराष्ट्रपतिमा ममता झा सिफारिस

सत्ता गठबन्धनभित्र अटाएका आठमध्ये तीन वटा दलले अगाडि सारे उपराष्ट्रपति उम्मेदवार।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं– सीके राउत नेतृत्वको जनमत पार्टीले उपराष्ट्रपति पदमा ममता झालाई अगाडि सारेको छ। जनमतले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ झाको नाम सर्वसम्मत गरेको हो।

शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ममताको नाम अनुमोदन गरेको उपाध्यक्ष दिलीप साहले बताए। सद्भावना पार्टी पृष्ठभूमिकी झा केही समयअघि जनमतमा प्रवेश गरेकी थिइन्। 

शुक्रबार मात्रै उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठको नामलाई अनुमोदन गरेको छ। सत्ता गठबन्धनको अर्को घटक जसपाले पनि उपराष्ट्रपतिका रुपमा सांसद  रामसहाय प्रसाद यादवलाई अघि सारेको छ।

प्रकाशित: Mar 10, 2023| 15:58 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...