सोमबार, असार ९, २०८२

राष्ट्रपतिमा पराजित नेम्बाङको चुनावी खर्च साढे १६ हजार मात्रै

नेम्बाङले चुनावका बेला मतदातालाई एसएमएस गर्दा १० हजार र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाए।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं– बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएर पराजय भोगेका सुवास नेम्बाङले चुनावका बेला १६ हजार ५०० रुपैयाँ मात्रै खर्चिएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

एमाले उपाध्यक्ष तथा पूर्वसभाध्यक्षसमेत रहेका राष्ट्रपतिका उम्मेदवार नेम्बाङले शुक्रबार आयोग पदाधिकारीलाई बुझाएको खर्च विवरणमा मतदातालाई एसएमएस गर्दा १० हजार र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ।

नेम्वाङको खर्च विवरण राष्ट्रपतिका उम्मेदवार नेम्बाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई बुझाएका हुन्। राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले नेम्बाङलाई पराजित गरेका हुन्।

प्रकाशित: Mar 10, 2023| 15:05 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...