सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • उपराष्ट्रपतिलाई लिएर सत्ता गठबन्धनमा खटपट, जसपा र नागरिक उन्मुक्तिका आ–आफ्ना उम्मेदवार

उपराष्ट्रपतिलाई लिएर सत्ता गठबन्धनमा खटपट, जसपा र नागरिक उन्मुक्तिका आ–आफ्ना उम्मेदवार

जसपा र नागरिक उन्मुक्तिले उपराष्ट्रपतिमा आ–आफ्नै दाबी गरेपछि सत्तारुढ आठ दलीय गठबन्धनभित्र सहमति भत्किने त्रास।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं–राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई सर्वसम्मत उम्मेदवार बनाएर मैदानमा उतारेका कांग्रेससहितका सत्तारुढ गठबन्धनका नेताहरूबीच उपराष्ट्रपतिमा भने बेमेल देखिएको छ। जसपाको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले सांसद रामसहाय यादवलाई आगामी उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो। बैठकले गठबन्धन दलको सहमतिअनुसार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले बताएका थिए।

तर जसपा निर्णयको भोलिपल्टै गठबन्धनमै आबद्ध नागरिक उन्मुक्तिले आफ्नै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेको छ। यसलाई सत्तारुढ गठबन्धनभित्र उपराष्ट्रपतिको विषयलाई लिएर खटपट भएको संकेतका रुपमा बुझ्न सकिन्छ।

शुक्रबार मात्रै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि उपराष्ट्रपति विषयमा हालसम्म गठबन्धनभित्र कुनै सहमति भइनसकेको खुलासा गरेका छन्। जसपा अध्यक्ष उपेन्द्र भने उपराष्ट्रपति उम्मेदवारमा सांसद रामसहायलाई मैदानमा उतारेर आफू सिराहा २ बाट उपनिर्वाचनमार्फत सिंहदरबार भित्रन चाहन्छन्। यसअघि गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा उनी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए। 

यसैबीच नागरिक उन्मुक्ति पार्टीलको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको छ। निर्वाचन आयोगले संविधानअनुसार राष्ट्रपति पुरुष भए उपराष्ट्रपति महिला हुनुपर्ने आशयसहितको पत्र जारी गरेसँगै नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जितालाई अगाडि सार्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले बताए।

जसपा र नागरिक उन्मुक्तिले उपराष्ट्रपतिमा आ–आफ्नै दाबी गरेपछि सत्तारुढ आठ दलीय गठबन्धनभित्र सहमति भत्किने त्रास।

उनले भने, ‘यो हाम्रो पार्टीको निर्णय मात्र हो। सत्तारुढ गठबन्धनको निर्णय भने होइन। आयोगको पत्र जारी भएसँगै उपराष्ट्रपतिमा रञ्जिता उपयुक्त पात्र भएको ठहर गर्दै पार्टीले उक्त निर्णय गरेको हो। यस विषयमा गठबन्धनभित्र थप छलफल चलाउँछौं।’  

उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदै छ भने ३ चैतमा निर्वाचन गर्ने कार्यतालिका छ।

नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा रञ्जितालाई उठाउने निर्णय गरे पनि उनी नेपालको संविधान अनुसार अयोग्य देखिएकी छन्। राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर, रञ्जिताको हालको उमेर ४० वर्षमात्रै रहेको संसद सचिवालयको रेकर्डमा उल्लेख छ।

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार नमान्ने आयोगको संकेत

निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने संकेत देखाएको छ। शुक्रबार बसेको आयोगको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिंग वा फरक समुदायको मात्र उम्मेदवार हुन सक्ने निर्णय गरेको हो।

बैठकपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।’

331782957_217730537467285_639367042771418098_n1678434190.jpg

संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा लेखिएको छ, ‘यस दफाबमोजिम उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो, सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ।’

आयोगका पत्रानुसार अब उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता हुन असम्भव छ। पुरुष व्यक्तिमा पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले त्योभन्दा फरक (महिला वा अन्य) लिंगबाट उम्मेदवार हुनुपर्छ। त्यो भनेको जसपाले उपराष्ट्रपति उठाउने घोषणा गरेका रामसहाय यादवको सट्टा रञ्जित श्रेष्ठ उम्मेदवार हुन सक्नेछन्।

प्रकाशित: Mar 10, 2023| 13:21 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...