बुधबार, वैशाख १७, २०८२

युएईलाई पिएनजीले दियो २४७ रनको लक्ष्य

 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं– आईसीसी विश्वकप लिग टुको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) का तीन खेलाडीले अर्धशतक बनाएपछि उसले यूएईलाई २ सय ४७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको हो। यूएईका दुवै ओपनर र तेस्रो नम्बरमा मैदान छिरेका सेसे बाउले अर्धसतक बनाएका हुन्।

ओपनर किप्लन डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्का साथ ५५ रन बनाएका थिए। त्यस्तै, अर्का ओपनर हिरी हिरीले ५ बलमा ७७ रनको योगदान दिएका थिए। सेसे बाउले १ सय ६ बल १० चौकाको सहयोगमा ८१ रन बनाए । त्यसपछि मैदान छिरेका कप्तान आसाद भाला र चार्ल्स अमिनी र रिले हेकुरे भने सस्तैमा समेटिएका छन्। उनीहरूले क्रमशः ०, ४ र १ रन मात्र बनाउन सके।

यूएईका लागि युएईका लागि आयान खानले तीन विकेट लिएका छन्। त्यस्तै, जुनेद सिद्धिकी र जाहोर खानले समान २–२ विकेट लिए। कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १–१ विकेट लिए। १ सय ९५ रनमा ४ विकेट मात्र गुमाएको पीएनजीले थप ५१ रन बनाउँदा ५ विकेट गुमाएको थियो।

प्रकाशित: Mar 10, 2023| 13:26 शुक्रबार, फागुन २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।