काठमाडौं- बेलायती विदेश राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन्।
विदेश राज्यमन्त्री ट्रेभेलियनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन्। भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको काठमाडौँस्थित बेलायती राजदूतावासले जनाएको छ।
नेपाल–बेलायत मैत्री सन्धि-१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण भएको हो। यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गरेकी थिइन्।