सोमबार, असार ९, २०८२

प्रधानमन्त्रीविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ।

रिटमाथि फागुन २५ गते पनि सुनुवाइ तोकिएको थियो। तर, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास बस्न नभ्याएपछि सुनुवाइ हुन सकेको थिए। आज फेरि सुनुवाइ तोकिएको हो।

न्यायाधीश खतिवडाको इजलासमा सुनुवाइ हुनेछ। यो रिट एकल इजलासको ११औं नम्बरमा छ।

माओवादी अध्यक्ष दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको मात्रै जिम्मेवारी आफूले लिने धारणा राखेका थिए।

अध्यक्ष दाहालको त्यस अभिव्यक्तिलाई लिएर रामेछापका ज्ञानेन्द्रराज आरण, चिरञ्जिवीवास गिरी, कल्याण बुढाथोकी लगायत द्वन्द्वपीडितले गत कात्तिक रिट दिएका थिए। तर, सर्वोच्च अदालतका रजिस्ट्रारले दर्ता गर्न अस्वीरका गरेका थिए।

त्यसपछि उनीहरूले इजलासमा निवेदन दिएका थिए। त्यसमाथि फागुन १९ गते सुनुवाई गर्दै न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलले दर्ता गर्न आदेश दिएका थिए। सर्वोच्च आदेशपछि फागुन २३ गते रिट दर्ता भएको थियो।

प्रकाशित: Mar 10, 2023| 11:59 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...