सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नवनिर्वाचित पौडेल भन्छन्- संविधानको पालन र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मेरा लागि मार्गदर्शन

नवनिर्वाचित पौडेल भन्छन्- संविधानको पालन र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मेरा लागि मार्गदर्शन

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले संविधानको पालान र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन्। 
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले संविधानको पालान र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन्। 

राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँवासी, मतदातादेखि प्रतिस्पर्धी सुवासचन्द्र नेम्वालाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले दिगो शान्ति, सुशाषन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्रिय अभियानमा सरिकसमेत हुने बताए।

‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भुमिकाले संविधान र शाषनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा बिद्यिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु। नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वधिनताको रक्षा, संविधानको पालान र संरक्षण गर्ने संबैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त रहनेछन्,’ पौडलले निर्वाचित भएपछि जारी गरेको बक्तब्यमा भनेका छन्, ‘राष्ट्रपतिको काम, कर्तव्य तथा जिम्मेवारी बहन गर्दा संविधानप्रदत मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशाषन, विकास र समृद्धिकोको आंकक्षा पुर गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तप्पर रहनेछु।'

पौडेलले मित्रवत्र प्रतिस्पर्धामा रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उनको दल एमाले, मतदातालाई हार्दिक सम्मान गर्दै प्रतिनिधिसभा र संविधानसभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिएको भन्दै  तनहुँ जिल्लावासी तथा मतदाताहरुलाई हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गरेका छन्।

प्रकाशित: Mar 10, 2023| 08:19 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...