सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिमा निर्वाचित पौडेललाई प्रधानमन्त्रीद्वारा बालुवाटारमा स्वागत

राष्ट्रपतिमा निर्वाचित पौडेललाई प्रधानमन्त्रीद्वारा बालुवाटारमा स्वागत

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा निर्वाचित भएपछि रामचन्द्र पौडेल अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

निर्वाचित भएसँगै पौडेल धन्यवाद ज्ञापन गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पौडेललाई स्वागत गर्दै बधाई दिएका छन्।

पौडेलका साथमा उनकी पत्नी सविता पौडेल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि बालुवाटार पुगेका छन्। नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

प्रकाशित: Mar 09, 2023| 21:24 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...