सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ- प्रधानमन्त्री दाहाल

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ- प्रधानमन्त्री दाहाल

राष्ट्रपति निर्वाचनको परिणाम घोषणापछि बिहीबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले अब आफूहरूको ध्यान सरकार विस्तारमा लाग्ने बताएका हुन्।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।

राष्ट्रपति निर्वाचनको परिणाम घोषणापछि बिहीबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले अब आफूहरूको ध्यान सरकार विस्तारमा लाग्ने बताएका हुन्। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।

‘राष्ट्रपतिको निर्वाचन भएसँगै स्थानीय तहदेखि शुरू भएको निर्वाचन प्रक्रिया मूलतः सम्पन्न भएको छ, एउटा राजनीतिक कोर्स पूरा भएको छ। अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुनेछ,’ प्रचण्डले भने, ‘उपराष्ट्रपतिको निर्वाचनपछि सरकारलाई पूर्णता दिन्छौं।’

नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि अहिले प्रचण्ड सरकारमा माओवादी र जनमत पार्टी मात्र छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत १३ अगावै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

प्रकाशित: Mar 09, 2023| 21:15 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...