सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन भोलि राष्ट्रपतिसमक्ष बुझाइने

राष्ट्रपति निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन भोलि राष्ट्रपतिसमक्ष बुझाइने

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

आयोगले बिहीबार भएको राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको जनाउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैमा धन्यवाद दिएको छ।

प्रकाशित: Mar 09, 2023| 21:13 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...