सोमबार, असार ९, २०८२

कैलाली कांग्रेसले स्ववियु निर्वाचनका लागि खटायो प्रतिनिधि 

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

धनगढी- आगामी चैत ५ र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएको छ। 

नेपाल विद्यार्थी संघका उम्मेदवारलाई विजयी गराउन जिल्ला कार्य सम्पादन समिति कैलालीको बिहीबार जिल्ला पार्टी कार्यालय, धनगढीमा बसेको बैठकले प्रतिनिधि खटाउने निर्णय गरेको हो।
समितिले संघीय निर्वाचन क्षेत्र १ र २ मा जिल्ला सचिव नृप बहादुर सुनार, निर्वाचन क्षेत्र नम्बर ३ उपसभापति भिम बडुवाल र निर्वाचन क्षेत्र ४ र ५ जिल्ला सचिव केशव राज मिश्रलाई खटाइएको प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए।

त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीगत रुपमा कहीँ गठबन्धन गर्न चाहेमा केन्द्रीय गठबन्धनका विद्यार्थी संगठनबीच कहीँ कुनै क्याम्पसमा तालमेलको जरुरी देखिए त्यसलाई सहज बनाउन गठबन्धन दलसँग जिल्ला स्तरमा आवश्यक समन्वय गर्ने जिम्मेवारी जिल्ला उपसभापति खेमराज डंगौरा थारुलाई दिएको संयोजक भुषालले जानकारी दिए।

प्रकाशित: Mar 09, 2023| 18:34 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...