बुधबार, वैशाख १७, २०८२

ए डिभिजन लिग: मछिन्द्र लगातार दुई खेलमा पराजित

बिहीबार दिउँसो च्यासल रंगशालामा हार बेहोरेसँगै मछिन्द्रले सुरुआति दुवै खेलमा हार बेहोरेको हो।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लब लगातार दुई खेलमा पराजित भएको छ। बिहीबार दिउँसो च्यासल रंगशालामा हार बेहोरेसँगै मछिन्द्रले सुरुआति दुवै खेलमा हार बेहोरेको हो।

पहिलो खेलमा जावलाखेलसँग हार बेहोरेको मछिन्द्रले आजको खेलमा भने त्रिभुवन आर्मीसँग २–० को हार बेहोरेको छ। मछिन्द्रविरुद्ध दिपक गुरुङ र नवयुग श्रेष्ठले समान १–१ गोल गरेका थिए।

पहिलो हाफमा दुवै टिमले गोल नगरे पनि दास्रो हाफमा आर्मीले दुई गोल गरेको थियो। यो जितपछि आर्मीले दोस्रो खेलमा पहिलो जित निकालेको छ। उसले दुई खेलबाट चार अंक बनाएको छ।

आजै भएको अर्को खेलमा भने जावलाखेल युथ क्लबले एनआरटीलाई २–१ ले हराउँदै लगातार दोस्रो जित निकालेको छ। जावलाखेललाई जित दिलाउन सिमान्त थापा र फोडे फोफानाले गोल गरेका थिए। एनआरटीका सन्जिव विष्टले एक गोल फर्काए।

प्रकाशित: Mar 09, 2023| 17:50 बिहीबार, फागुन २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।